परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच श्रीलंकामा भेट

काठमाडौं, १५ चैत्र । परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच द्वीपक्षीय भेटवार्ता भएको छ।बिमेस्टेकको १८ औं बैठकमा भाग लिन पुगेका नेपालका परराष्ट्रमन्त्रीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भारतीय समकक्षीको भेट भएको हो।

भेटमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणबारे जानकारी गराएका थिए। प्रधानमन्त्री नियुक्त भएपछि देउवा पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन्।

देउवा स्थानीय चुनावको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जान लागेका हुन्। केही समय अघि मात्र चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणबाट फर्के लगत्तै उनी भारत भ्रमणका जान लागेका हुन्।दुई पक्षीय भेटमा कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन्। श्रीलंकामा सोमबारबाट पाँचौं बिमेस्टेक शिखर सम्मेलन भइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति