बुटवल , १५ चैत । रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावर उद्घाटन गरिएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विहान आयोजित कार्यक्रममा भ्यूटावरको उद्घाटन गरे । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा उक्त भ्यूटावर तयार भएको हो ।
करिब १४ करोड रुपैयाँ लागतमा तिलोत्तमा उक्त भ्यूटावर निर्माण भएको हो । तिलोत्तमा नगरपािलकाका प्रमुख बासुदेव घिमिरेले अन्यत्रको भ्यूटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने दावी गरे । १० तले भ्यूटावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहनेछन् ।
प्रतिक्रिया