युक्रेनी टोली शान्तिवार्ताको लागि टर्की पुग्यो


युक्रेन , १५ चैत्र । रुससँग शान्तिवार्ताको लागि युक्रेनको एक प्रतिनिधिमण्डल टर्कीको इस्तानबुल सहर पुगेको छ ।

युक्रेनको तर्फबाट वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेजनिकोभले गरेका छन्। उक्त टोलीमा राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाक पनि सामेल छन् । यो वार्तामा सहमति जुट्ने सम्भावना न्युन रहेको देखिएपनि युक्रेनको प्रतिनिधिमण्डलका अनुसार रुससँगको वार्तामा युद्धविराम पहिलो प्राथमिकतामा रहनेछ । मंगलबार बिहान टर्कीमा आयोजना हुने यो शान्तिवार्ता टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको सक्रियतामा आयोजना हुन लागेको हो ।


रुसले युक्रेनसँग नेटोमा सामेल हुने इच्छा त्याग्नुपर्ने बताउँदै आएकोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कील उक्त विषयमा रुससँग वार्ताको लागि तयार रहेको बताइसकेका छन्। यसैबीच वार्तामा युक्रेनका रुस समर्थित विद्रोहीको विषयमा पनि कुराकानी हुन सक्ने बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति