मेक्सिको , १५ चैत्र । मेक्सिकोमा एक जमघटमा चलाइएको गोली लागी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोको स्थानीय समयअनुसार बिहान करिब १०ः३० बजे भएको उक्त घटनामा १९ जनाको मृत्यु भएको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका स्थानीय महान्यायाधिवक्ता कार्यालयले सोमबार एक वक्तव्य जारी गरी बताएको छ। मृत्यु हुनेमा १६ पुरुष र तीन महिला रहेको बताइएको छ । दुई समूहबीच मिकोआक्यान राज्यको लस टिनाजा सहरमा उत्सवका लागि भएको जमघटमा विवाद भएपछि गोली चलेको एक प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी दिएका थिए ।

आक्रमणमा घाइते भएका व्यक्तिहरुलाई स्थानीय अस्पतालमा भर्ना गरी उपचार सुरू गरिएको छ । घटनाबारे थप जानकारीका लागि अनुसन्धान भइरहेको भन्दै घटनाबारे थप विवरण दिन प्रहरी कार्यालयले इन्कार गरेका छन्।
प्रतिक्रिया