इटहरीमा बम पड्किँदा २ युवा घाइते

काठमाडौँ, चैत्र १५ । इटहरीमा बिष्फोटक पदार्थ पड्किँदा दुई जना युवा घाइते भएका छन्।इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार बेलुकी पौने ११ बजेतिर सुतली बम पड्केको थियो।रविन थापा बस्दै आएको कोठामा बिष्फोट हुँदा उनीसहित दुई युवा घाइते छन्।

२२ वर्षका थापा र लम्जुङ घर भएका २३ वर्षीय शेरजङ गुरूङ घाइते रहेको प्रहरीले जनाएको छ। गुरूङ दुई सातादेखि थापाको कोठामा बस्दै आएका थिए।

कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ। घाइते थापाको आँखामा चोट छ।थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने गुरूङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।

उनीहरूको अवस्था सामान्य छ।बम बिष्फोट भएको थापाको डेराबाट प्रहरीले हिमाल सुरक्षा परिषदको पर्चा बरामद गरेको छ।गत फागुनदेखि यो परिषदले सशस्त्र संघर्ष थालेको बताएको थियो।संघीयता खारेजीलगायत माग राखेर यो परिषदले सशस्त्र संघर्ष सुरू गरेको बताएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति