युक्रेन , १४ चैत्र । रुसी सेना युक्रेनको राजधानी सहर किभको आसपासको क्षेत्रबाट भागेर फिर्ता गएको युक्रेनले दाबी गरेको छ ।
आइतबार रुसले एक महिनाभन्दा लामो समयदेखि जारी राखेको आक्रमणको विषयमा जानकारी दिने क्रममा युक्रेनी सेनाका शीर्ष अधिकारीले उक्त विषय उल्लेख गरेका हुन् । ठूलो नोक्सानीपछि रुसी सेनाका दुई समूह बेलारुसतर्फ फिर्ता गएका साथै पछिल्लो समय निकै कम मात्रामा मात्र रुसी सेना युक्रेनतर्फ आइरहेको युक्रेनले बताएको छ। त्यस्तै बेलायतको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनको काला सागरको समुद्री मार्ग रोकेको छ । गत साता रुसले आफूहरु अहिले युक्रेको पूर्वी भागमा केन्द्रित रहेर सैन्य आक्रमणको तयारीमा रहेको बताएपनि युक्रेनका प्रमुख सहरमा भइरहेको आक्रमण भने रोकिएको छैन।
प्रतिक्रिया