आइएमईको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडाै, १३ चैत । ग्लोबल आईएमई बैंकले नेपालको मौलिकमिथिला संस्कृतिझल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

बैंक सञ्चालक समितिकाअध्यक्षतथा नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षचन्द्रप्रसाद ढकाल सहित बैंक सञ्चालकतथा बैंक उच्चअधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गरे । ग्लोबल आईएमई बैंकले बर्सेनिआफ्नो क्यालेण्डरमा स्थानीयकला, संस्कृतिलाई प्राथमिकतादिँदै आएको छ । चालू वर्ष २०७८ को क्यालेण्डरमापनि बैंकले नेपालमा रहेकाबिभिन्नजातजातीका गरगहना र पहिरनलाई क्यालेण्डरमा समाबेश गरेको थियो । आउँदो नयाँवर्षकालागिमध्य तराईको मौलिक संस्कृतिमिथिलाकलालाई समावेश गरिएको हो । कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्ड रमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताए । मुलुक भित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमाग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाए । करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पारेका मिथिला संस्कृतिझल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंककाप्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिए ।

नेपालको मौलिकमिथिलाकला तराईको घरघरमा संस्कृतिका रुपमा रहे पनिमुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथाकलाकारको योगदानलाई सम्मानगर्ने आफूहरुकोप्रयास रहेको उहाँको भनाइ छ । “छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो”, उनले भने, “यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृतितथा संस्कृतिसंरक्षण हुने हाम्रो अपेक्षा छ ।” कार्यक्रममाकलाकार साहले भिडियो सन्देश मार्फत मिथिलाकलालाई क्यालेन्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए भने अर्का कलाकार ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा कृतज्ञता व्यक्तगर्नुभयो । सो अवसरमा बैंक अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति