नेप्से ४१ अंकले घट्याे, चार अर्ब ९८ करोडकाे काराेबार

काठमाडौं, १३ चैत । सप्ताहको पहिलो दिन नेप्से परिसूचक ४१ अंकले घटेको छ । नेप्से ४१ दशमलव ४३ अंकले घटेर २ हजार ५ सय ७२ दशमलव २३ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५५ अंकले घटेको छ । कारोबार रकम भने ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ६२ हजार १६४ कारोबारबाट ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रुपैयाँ पुगेको छ । समग्रमा बजार घटे पनि बीमा कम्पनीहरुको सेयर मूल्य भने बढेको छ । बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निणर्य गरेको छ । समितिको निणर्य अनुसार हाल २ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको जीवन बीमा कम्पनीहरुले ५ अर्ब र हाल १ अर्ब रुपैयाँमात्रै चुक्ता पुँजी तोकिएका निर्जिवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनु पर्नेछ । बीमा समितिको पुँजी वृद्धिको निणर्य पछि धेरै निर्जिवन बीमा कम्पनीहरुको सेयर मूल्य बढेको छ । सानिमा जनरल इन्स्यारेन्स, जनरल इन्स्यारेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, अजोड इन्स्यारेन्स लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति