अन्तिम मतदाता नामावली आज प्रकाशन गरिंदै

काठमाडौं, १३ चैत । स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित हुने भएको छ ।

निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको अन्तिम सूची आज प्रकाशित गर्न लागेको हो ।

आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् भने आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।

मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन मिल्दैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति