युक्रेनको मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गयो

काठमाडौं, १२ चैत्र । युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको ज्यान गएको छ । घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि आश्रय लिइ बसेका झन्डै तीन सय जनाको ज्यान गएको हो ।

रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ । मारिओपोलको थिएटरमा भएको आक्रमण अहिलेसम्म जानकारीमा आएका घटनामध्ये एकै ठाउँमा रुसी आक्रमणका कारण सबैभन्दा धेरै मानिसको ज्यान गएको घटना हो।

रुसी सैनिकको घेराबन्दीमा रहेको मारिओपोल सहरको धेरै ठाउँमा सञ्चार सेवा बन्द भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति