एनआरएनएको चुनाव गर्ने बाटो खुल्यो, अदालतबाट अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, ११ चैत्र । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनको लागि बाटो खुलेको छ । शुक्रबार उच्च अदालत पाटनले निर्वाचन रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचनको बाटो खुलेको हो ।

चैत १० र ११ गते एनआरएनएको विश्व सम्मेलनको दिन तोकिएकामा चिन्तामणि सापकोटा लगायतले गत चैत २ गते उक्त सम्मेलन र आगामी नेतृत्वका लागि हुन लागेको निर्वाचन रोक्न माग गर्दै अन्तरिम आदेशको माग गरेका थिए ।

उक्त रिटमाथि उच्च अदालत पाटनले चैत ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत ९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । तर गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुँदा चैत ९ गते र चैत १० गते दुवै दिन उक्त मुद्दा हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो । चैत ११ गते शुक्रबार नियमित पेसीमा चढ्दा उक्त रिटमा अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश दिइएको हो । शुक्रबार न्यायाधीशद्वय सुभाष पौडेल र नीलम पौडेलको संयुक्त इजलासले उक्त रिटमाथि अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो ।

उक्त आदेशसँगै संघको निर्वाचन लगायतका गतिविधिका लागि बाटो खुलेको हो । संघले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न चैत १२ र १३ गते विश्व सम्मेलन तथा निर्वाचन गर्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति