सानेपामा कांग्रेस सभापति देउवाविरुद्ध नेविसङ्घ र तरुण दलमा अध्यक्ष मनोनयनको विरोधमा नाराबाजी

काठमाण्डौ, ११ चैत । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट पक्षले नाराबाजी गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले आज शुक्रवरा पार्टी कार्यालय अगाडि नाराबाजी गरेको हो । नेता शेखर कोइराला समूहका नेविसङ्घ र तरुण दलका कार्यकर्ताले एकलौटी निर्णय रोक्न माग गरेका छन् । दुई दिनअघि सभापति देउवाले नेविसङ्घको अध्यक्षमा काठमाण्डौका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गर्नुभएको थियो । नेविसङ्घ अध्यक्ष शेर्पाले आजै पदभार ग्रहण गर्नुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति