प्रचण्डबाट मिडिया सोसाइटीका अध्यक्ष कंडेलकी माताको निधनप्रति दुःख ब्यक्त

काठमाडौं, १० चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एबीसी टेलिभिजनका प्रधान सम्पादक तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभ शंकर कँडेलकी ममतामयी आमाको निधनमा दुःख व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज चितवनको लंकु कंडेल निवास पुगेर मृतआत्मा प्रति श्रद्धान्जली ब्यक्त गरेका हुन ।


उनले स्वर्गीय माता पवित्रा कंडेल प्रति श्रद्धासुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । कँडेलकी ममतामयी आमाको निधनको खवरबाट स्तब्ध भएको बताउदै दुख ब्यक्त गरे । यस्तै लुम्वेनी प्रदेशका प्रमुख अमिक शेरचनले पनि आजै कँडेल निवास चितवन पुगेर श्रद्धासुमन ब्यक्त गरेका छन् । स्वर्गिय पवित्रा कँडेलको ९१ वर्षको उमेरमा यही चैत्र ६ गते असामयिक निधन भएको थियो ।

स्वर्गीय पवित्रा कंडेलका दुई छोरा शुभशंकर कंडेल, मेघनाथ कंडेल, बुहारीहरु शारदा शर्मा र राधिका कंडेल तथा तीन जना नाति र दुई जना नातिनी तथा एक नातिनी बुहारी र एक जना नातिनी ज्वाईं छन् । कंडेलका पिता पृथ्वीप्रसाद कंडेलको २०६८ साल चैत ४ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति