चारै जना छोरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमा सम्मानित

काठमाडौं, १० चैत्र । आफ्ना चारै जना छोरालाई नेपाली सेनामा प्रवेश गर्न अभिप्रेरित गर्ने आमालाई नेपाली सेनाले सम्मान गरेको छ ।

हिजो बुधवार डोटीको दिपायलमा भएको भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्माले बैतडीको दशरथचन्द नगरपालिका ३ बरकुराली बस्ने धनमाया नाथ योगीलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गर्नुभएको हो ।

प्रधानसेनापति शर्माले धनमायाका श्रीमान् स्व. गणेश नाथप्रति पनि सम्मान व्यक्त गर्नुभयो ।धनमायाका छोराहरू– नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति