काठमाडाै, १० चैत । नेपालमा प्रोटोन गाडीको अधिकारिक वितरक, जगदम्बा मोटर्सले बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्पाक्ट एस यु भी, प्रोटोन एक्स अधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
मलेसियन राजदुतावासका मोहम्मद फद्ज़ल अबुहसनको उपस्थितिमा गरिएको कार्यक्रम मार्फत जगदम्बा मोटर्सले सो गाडी सार्वजनिक गरेको हो । १.५ लिटर टर्बो चार्ज्ड थ्री-सिलिन्डर इन्जिनको साथ सो गाडीको १.५ टी स्ट्याण्डर्ड, १.५ टी प्रिमियम र १.५ टीजीडीआई फ्याग्सीप संस्करणहरू नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको छ । यसको स्ट्याण्डर्ड र प्रिमियम संस्करणले ५५०० आर.पि.एम. मा १५० पिएस पावर उत्पादन गर्छ भने १५०० देखि ४००० आर पि एम मा २२६ एन एम टर्क उत्पादन गर्छ । त्यसरी नै फ्याग्सीप संस्करणले ५५०० आर.पि.एम. मा १७७ पिएस पावर उत्पादन गर्छ र १५०० देखि ४००० आर पि एम मा २५५ एन एम टर्क उत्पादन गर्छ । यति मात्र नभई यसमा ७ स्पीड डुवल क्लच ट्रान्समिशनका साथ म्यानुअल मोडको सुविधा पनि रहेको छ ।
निकै नै आकर्षक डिजाइन रहेकाे प्रोटोन एक्स ५० मा डुवल टोन इन्टेरियर र एक्टेरियर को साथै फूल एलईडी हेडल्याम्प, १८ ईन्च अलो ह्वील, क्वायड एक्हस्ट टेलपाईप, फ्लोटीङ्ग फ्लोर कनसोल, पानारोमिक सनरुफ, एल सी डी मिटर कम्बिनेशन र फ्रन्ट वेलकम ल्याप जस्ता सुविधाहरु छन् । यस गाडीलाई सार्वजनिक गर्दै जगदम्बा मोटर्सका चेयरम्यान साहिल अग्रवालले प्रोटोनको विश्वव्यापी रोजाई र एक्स ५० को विदेशमा सफलता देखेर नेपाली बजारमा भित्राएको धारणा व्यक्त गरे भने त्यसमै थप्दै जगदम्बा मोटर्सका सी ई ओ दिपक अग्रवालले यस सेग्मेन्टमा अरु ब्रान्ड भन्दा बढी सुविधाको साथ नेपाली बजारमा भित्रेको मलेशियाको सबैभन्दा बढी बिक्रि भएको कम्प्याक्ट एस यु भी, प्रोटेन एक्स ५० ले अवस्य पनि निकै ग्राहकहरुलाई आकर्षित गर्नेछ र बजारमा जगदम्बा मोटर्सको नाम र ग्राहकहरुको विश्वासले यसको बिक्रीलाई झन् ठूलो उचाईमा पुराउने भनेर धारणा दिएका थिए ।
प्रतिक्रिया