‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग हुन्छ : रुस

काठमाडौं, ९ चैत्र । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम अवस्था आए परमाणु हतियार प्रयोग गर्ने बताएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले उक्त अभिव्यक्ति दिएका हुन् । उनले परमाणु हतियारको प्रयोग देशको सुरक्षाका लागि हुने बताएका छन् ।

मंगलबार समाचार च्यानल सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको लडाइमा परमाणु हतियार प्रयोगको सम्भावनालाई इन्कार गरेनन् ।

अन्तरवार्ताको क्रममा परमाणु हतियारबारे सोधिएको एक प्रश्नमा उनले भने, ‘देशको सुरक्षाका लागि हाम्रो अवधारणा सबैलाई जानकारी नै छ । हाम्रो देशसामु जीवन–मरणको स्थिति पैदा भयो भने आफ्नो नीति अनुसार परमाणु हतियार प्रयोग गर्न सक्छौं ।’यसअघि रुसी राष्ट्रपति पुटिनले परमाणु हतियारहरुलाईसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए ।

यद्यपि अमेरिकालाई डर देखाउन मात्र रुसले परमाणु हतियारको कुरा गरेको भनेर पनि समाचारहरु सार्वजनिक भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति