एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, ९ चैत्र । नेकपा (एमाले)केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा बैठक बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका कार्यसूची छन् ।बैठक दुई दिनसम्म चल्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति