नेवार समुदायमा गरिने चःथा पूजामा गणेश र चन्द्रमाकाे प्रसङ्ग

काठमाडाै, ८ चैत । आज गणेश चौथी अर्थात् चःथा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी मनाउने प्रचलन रहेकाे छ ।

मङ्गलवार भगवान गणेशको व्रत बस्ने व्रतालुहरुले आज सबैभन्दा शुभ दिन मानेर व्रत प्रारम्भ गर्ने गर्दछन् भने कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नुअघि हिन्दु धर्म संस्कारमा भगवान श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ । गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन् । भगवान गणेशको जन्म भाद्र शुक्ल चतुर्थीका दिन भएको थियो । त्यसैले वर्षमा मंगलवार पर्ने चतुर्थी तिथीलाई गणेश चौथीको रुपमा पूजा आराधना गर्ने वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुको परम्परा रही आएको छ । प्रचलित किंवदन्ती अनुसार कुनै बेला हाल भक्तपुर जिल्लाको सुनपा वडा नं ६ चुनदेबी मन्दिर भएको ठाउँमा एक पिपल जातको विशाल रुख जो अझै पनि छ। त्यही रहेको चोलिंगणेद्य (चुनदेबि) लाई अधिकांश नेवारहरुले पुजा गर्छन ।

एकदिन यसै रुखमुनि सम्पूर्ण देवताहरू भेला भएछन तर बडेमानको भुँडी भएका गणेश चाहीँ छुचुन्द्रो चढेर ढिलो आई पुगेछन । गणेशजीलाई देखेर चन्द्रमा खिसी गर्दै हाँस्न थालेछन । अरुको प्रकाशले गर्दा उज्यालो छर्ने त्यस्तो झूठो रूपको घमण्डी चन्द्रमाले आफुलाई यसरी खिसी उडाएको देखेर गणेश भगवान् रिसाएर क्रुद्ध भएछन । जस–जसले तिमीलाई रातमा देख्छ ति सबै चोर बनुन, अन्यबाट पाउने प्रकाश नपाएर तिम्रो चमक नै हराओसू भनी गणेश भगवानले चन्द्रमालाई श्राप दिएकाे श्रापबाट भयभित सबै देवताहरू चन्द्रमालाई देखेर चोर बन्नु पर्ला भनी त्यहाँ बाट गायब भएछन् । चन्द्रमाले रोइ-कराई गरि गणेश भगवान संग माफी मागेछन र अन्य देवताहरूले पनि सामूहिक रूपमा श्राप फिर्ता लिन आग्रह गरेपछि गणेश भगवानले आफुले दिएको श्राप फिर्ता लिन नमिल्ने भएका कारण चन्द्रमालाई दिएको श्रापको केही मात्रा कम गरिदिने भने पछि चन्द्रमा र अन्य सबै देउताहरु राजी भएछन। श्रापको केहि अंशको रूपमा बर्षमा एक दिन अर्थात श्रीगणेश भगवानको आफ्नै जन्मदिन भाद्र शुक्ल चतुर्थीमा कसैले पनि चन्द्रमाको रूप नहेरोस यदि हेरेमा झूठो दोष, मिथ्याः आरोप लाग्नेछ र पृथ्वीबासीले चन्द्रमाको यस्तो झूठो अभिमानलाई सधैँ याद गरुन भनेर श्राप मुक्त गरेकाे किन्बदन्ती रहेकाे छ । यसैकारण गणेश चतुर्थीको दिन कसैले पनि चन्द्रमा हेर्न हुँदैन भन्ने जनविश्वास रही आएको छ ।

चःथाकाे दिन बेलुकी गणेशको आराधना गरि धुमधामका साथ पुजा गर्ने प्रचलन रहेको छ । यस दिन गणेशको पुजा गरे वर्ष भरि झुठो आरोप बाट मुक्त हुने जनविश्वास पनि रहेको पाईन्छ । चःथा पुजा गर्ने क्रममा सूर्यास्त हुने समयमा कमलको पातमा अनार, विमिरा, सहितको अदुवा, नासपाती, काँक्रो, भुटेको मकै, भटमास, गहुँ, चना, केराउ, बदाम लगायतका गेडागुडी राखेर पुजा गर्ने चलन रहेको पनि पाईन्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति