माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै

काठमाडौं, ८ चैत्र । आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जाने भएका छन् ।जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतको सहभागिता रहने जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति