नेप्सेबाट सूचीकृत कम्पनी वर्गीकरणकाे नतिजा सार्वजनिक

काठमाण्डौ, ६ चैत । नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचीकृत कम्पनीहरूले पेस गरेको विवरणका आधारमा वर्गीकरण गरेको छ । ए, बी, जी र जेड गरी चार वटा समूहमा कम्पनीहरूको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरूले गएको माघ ८ गतेदेखि फागुन २३ गतेसम्म दिएको विवरणअनुसार वर्गीकरण गरिएको र वर्गीकरणमा चित्त नबुझेमा ३५ दिनभित्र कारणसहित आवेदन दिन नेप्सेले आग्रह गरेको छ । “ए” समूहमा समूहमा २५ वटा वाणिज्य बैंक, चार वटा विकास बैंक, दुई वटा फाइनान्स कम्पनी, एक लघुवित्त संस्था र तीन वटा जलविद्युत् कम्पनी र एउटा उत्पादन तथा प्रशोधन कम्पनी गरी ३६ वटा कम्पनी परेका छन् । यस्तै “बी” समूहमा दुई वटा फाइनान्स कम्पनी, चार वटा लघुवित्त, दुई वटा जलविद्युत् कम्पनी र एउटा लगानी कम्पनी गरी नौ वटा कम्पनी परेका छन् । यस्तै समूह “जी” मा आठ वटा लघुवित्त संस्था, पाँच वटा जीवन बीमा कम्पनी, तीन वटा निर्जीवन बीमा कम्पनी, १४ वटा जलविद्युत् कम्पनी, चार वटा लगानी कम्पनी तथा अन्य होटेल तथा पर्यटन समूहका एउटा कम्पनी गरी ३६ वटा कम्पनी परेका छन् । नेप्सेको समूह “जेड” मा एक सय ४८ वटा कम्पनी रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति