गठबन्धन होला र चुनाव जितौँला भन्ने होइन आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

काठमाडौं, ६चैत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज पोखरा पुगेका प्रचण्डले बिहान पत्रकार भेटघाटमा माओेवादीले जनतासँगको सम्बन्ध सुदृढ गरेर चुनाव जित्नुपर्ने बताएका हुन् ।

अहिले नेपालको राजनीति दुई धुव्रको विभाजित भएको भन्दै उनले एकातिर लोकतान्त्रिक गणतन्त्र विरोधी र अर्कोतिर यसको पक्षमा दलहरू उभिएको बताए ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘पटक पटक संसद् विघटन गरियो, अहिले फेरि संसद्को काम छैन भन्ने पार्नलाई लगातार अवरोध जारी राखिएको छ, यसकै विरुद्धमा हामीले गठबन्धन गरेका हौँ।’वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै उनले चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन्।

आठौँ राष्ट्रिय महाधिवेशनको निर्णय र पहिलो बैठकले गरेका बैठकबारे जानकारी दिन पार्टी प्रशिक्षण कार्यक्रम देशभर चलाइरहेको बताए । प्रचण्ड हिजो सिन्धुलीमाढी पुगेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति