तारकेश्वरमा सेल्फी खिच्ने क्रममा घरको चौथो तलाबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं ४ चैत । काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी खड्कालाई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भएको हो । रेलिङ भाँचिदा लडेर घाइते भएकी ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति