माओवादीका २१ चुनावी कमान्डका कमान्डर (को कहाँ नामसहित)

काठमाडौं, ४ चैत्र । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका केही नेताहरूले चुनावी गठबन्धनविरुद्ध दिएको अभिव्यक्तिपछि अब एक्लै स्थानीय चुनावमा जाने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।त्यसका लागि स्थानीय तहको निर्वाचनमा ‘जसको नीति उसकै नेतृत्व’ को नारा लिएर मतदाताको घरघर पुग्ने उनीहरुको भनाइ छ। ‘हामीलाई चुनावको लागि कसैको वैशाखी चाहिँदैन, आफैँ लड्न र जित्न सक्षम छौँ,’ माओवादी केन्द्रका एक नेताले भने।
ती नेताका अनुसार स्थानीय मात्र होइन, तीनै तहको निर्वाचनका लागि एक्लै लड्ने गरी नेताहरू परिचालन गरिएको छ।

‘माओवादी केन्द्रले गणतन्त्र हाँक्न सक्षम नेता नहुँदा मुलुक जहाँको त्यहीँ रहेको निष्कर्ष पनि निकालेको छ,’ ‘व्यवस्था जोगाउन, संविधान बनाउन, जारी गर्न र जोगाउन सधैँ माओवादीले अरुलाई नेतृत्व दियो। पछिल्लो निर्वाचनसम्मको हामीले विश्लेषण गर्यौँ, अरुलाई नेतृत्व दिएकैले यो व्यवस्थाले गति लिएन।’ एक नेताले भने । यही मुद्दालाई लिएर चुनावमा होमिने उनले बताए। वैशाख ३० को स्थानीय चुनावका लागि माओवादी केन्द्रले देशभर २८ वटा कमाण्ड गठन गरेको छ। अहिलेसम्म मधेश प्रदेश र गण्डकीबाहेक अन्य पाँच वटै प्रदेशले कमान्डर तोकिसकेका छन्।

मधेश प्रदेशले दुई दिनभित्र कमान्डर तोकिसक्ने इन्चार्ज गणेश साहले जानकारी दिए।

माओवादी केन्द्रले प्रदेश १ र बागमतीमा ५÷५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४÷४ वटा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा ३÷३ वटा कमाण्ड बनाइएको छ।

प्रदेश १

प्रदेश १ मा १४ छन्। जिल्लामा प्रभाव पार्न सक्ने नेतालाई कमान्डर बनाइएको इन्चार्ज राम कार्कीले बताए।

१। ताप्लेजुङ, पाँचथर, इलाम– इन्द्र आङ्बो
२। झापा, मोरङ, सुनसरी– सावित्रीकुमार काफ्ले
३। धनकुटा, तेह्रथुम, संखुवासभा– हेमराज भण्डारी
४। भोजपुर, खोटाङ– अजम्बर काङमाङ राई
५। सोलुखुम्बु, ओखलढुंगा, उदयपुर– सुरेशकुमार राई

बागमती प्रदेश
बागमती प्रदेशमा माओवादी केन्द्र कमजोर छ। २०७४ मा भएको संघीय निर्वाचनमा जम्मा ५ वटा सांसद पद जितेको थियो। प्रदेश अध्यक्ष सरल पौडेलका अनुसार निम्न कमान्डर तोकिएका छन् स्

१। काठमाडौँ, ललितपुर, भक्तपुर– ईश्वरी भट्टराई
२। चितवन, मकवानपुर– नारायण दाहाल
३। धादिङ, नुवाकोट, रसुवा– हितबहादुर तामाङ
४। सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक– कृष्ण सापकोटा
५। सिन्धुली, रामेछाप– सूर्य सुवेदी

लुम्बिनी प्रदेश

लुम्बिनी केन्द्रीय आधार इलाका हो, विगतमा निर्वाचन अनुभव कमीले हारेका थियौं अब हामी विगतभन्दा २ गुणा बढी जित्ने गरी खटिनेछौँ, माओवादी केन्द्रका नेता सुदर्शन बराल मगरले भने।

यो प्रदेशका जिल्लाहरुमा माओवादी केन्द्रले ओनसरी घर्तीसहित ४ जना कमाण्डर तोकेको छ।

१। बाँके, बर्दिया र दाङ-ओनसरी घर्ती
२। रोल्पा, रुकुम पुर्व र प्युठान-जोखबहादुर महरा
३। गुल्मी, अर्घाखाँची र पाल्पा-जगप्रसाद शर्मा
४। नवलपरासी, रुपन्देही र कपिलवस्तु-हकिकुल्लाह खाँ

कर्णाली
कर्णाली प्रदेशमा ४ कमान्डर खटिएका छन्। सुर्खेत र दैलेखबाहेकका जिल्लामा माओवादी केन्द्र बलियो छ। अझै बलियो बनाउन र स्थानीय तह धेरै जित्न माओवादी जुटेको इन्चार्ज शक्ति बस्नेतले बताए।

१। जाजरकोट, दैलेख– रामदीप आचार्य
२। डोल्पा, रुकुम पश्चिम– राजकुमार शर्मा
३। कालिकोट, जुम्ला, मुगु, हुम्ला– महेन्द्रबहादुर शाही
४।सल्यान, सुर्खेत– टेकबहादुर बस्नेत

सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। इन्चार्ज खगराज भट्टका अनुसार ९ जिल्ला भएको यो प्रदेशमा ३ कमाण्ड बनाइएको छ।

१। अछाम, डोटी, बाजुरा– शरद सिंह
२। बैतडी, बझाङ र दार्चुला– लक्ष्मणदत्त जोशी
३। कैलाली, कञ्चनपुर, डडेलधुरा– नेपबहादुर चौधरी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति