एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने

काठमाडौं, १ चैत्र ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।

एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।

एमालेले स्थानीय तह चुनावकेन्द्रित तयारी गरिरहेको छ । अहिले पार्टीको सम्पूर्ण ध्यन चुनावकेन्द्रित भएको एमाले नेताहरुले बताइरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति