एमसीसीबारे देउवाले भने – उसबेला भीम रावलको दिमाग खुस्केको थियो ? लाज छैन ?

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका सांसद भीम रावलमाथि कटाक्ष गरेका छन्। देउवाले नुवाकोटको नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकिय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)का विषयमा पहिले भीम रावलको दिमाग खुस्किएको थियोरुभन्दै प्रश्न गरेका हुन्। ‘एमसीसीमा मैले केही भन्नै पर्ने भो।

संसद्बाट पास गर्नुपर्ने भो भनेर केपी शर्मा ओलीजी प्रधानमनत्री हुँदा संसदमा पेस गर्नु भएको हो। त्यसबेला अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो,’ आक्रोशीत देखिएका देउवाले भने, ‘भीम रावलजी सबैभन्दा बढी एमसीसीको खिलापमा हुनुहुन्छ। रक्षामन्त्री हुँदा भीम रावलले के हेरर बसे त्यसबेलारु त्यसबेला किन राजीनामा दिएनन् राजीनामा दिनुपथ्यो।

दुई जिब्रे कुरा गर्न पाइन्छरु अहिले पास गर्न खोज्दा किन टाउको दुख्नेरु अरुलाई दुखेको छैन रु उसबेला दिमाग खुस्क्या थ्यो रु त्यसबेला किन बोल्नु भएन लाज छैनरु’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति