आइतवार बस्ने संसद् बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि छलफल गर्ने

काठमाण्डौ, २७ फागुन । पर्सि आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि छलफल अघि बढ्ने भएको छ ।

आइतवार बस्ने बैठकको सम्भावित दैनिक कार्यसूचीमा महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ । आइतवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्नेछ । प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिसका लागि ११ सदस्यीय समिति गठन गरिसकेको छ । जबराविरुद्ध गएको १ गते ९५ जना सांसदको समर्थनसहित कांग्रेस सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, र नेकपा–एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति