फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ, २७ फागुन । शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ ।मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी उनको आगलागीमा परेर मृत्यु भएको वडा नम्बर–४ का वडा सदस्य दुर्गा पालुङवाले जानकारी दिए । अस्पतालका डाक्टर सोनिम लामाका अनुसार अस्पताल ल्याइ पुर्‍याउनु अघि नै लिम्बूको मृत्यु भइसकेको थियो ।

उनी कोप्चेको गोस लाइनस्थित रविन आङवोहाङको घरमा डेरा गरी बस्थिन ।आगो निभाउने क्रममा वडा नं–४ का वडा अध्यक्ष जितेन लिम्बू लगायतका केही व्यक्ति घाइते भएका छन् ।

आगलागी रविनको पक्की घरबाट सुरु भएको स्थानीयले बताएका छन् । आगलागीबाट जस्तापाताको छानो भएको छिमेकी संगीता केदेमको घर पूर्णरुपमा जलेको छ । आगलागीको कारण खुलेको छैन ।दमकल, स्थानीय, सेना, प्रहरी, सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । दमकलको पानीले आगो निभाउन थालेपनि खानेपानीको पाइपहरु दमकलमा लगाएर थप पानीको व्यवस्था गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति