विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी, क्वरेण्टीनमा बस्न नपर्ने

काठमाण्डौ, २६ फागुन । सरकारले विदेशबाट नेपाल आउने यात्रुलाई कोरोनासम्बन्धी नयाँ आदेश जारी गरेको छ । कोरोना रोकथामका लागि यसअघि जारी भएका सबै प्रावधान खारेज गरेर सरकारले विदेशबाट आउनेहरूले कोरोनाविरुद्धको खोप लगाएको कार्ड या पीसीआर नेगेटिभ रिपोर्टमध्ये एउटा कागजात पेस गरे पुग्ने नयाँ ट्राभल एड्भाइजरी लागू गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयका आधारमा नयाँ नियम लागू भएको र यसले नेपाल आउनेहरूलाई निकै सहज हुने अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले उज्यालोलाई जानकारी दिए । कोरोनाविरुद्धको खोप वा पीसीआर नेगेटिभ रिपोर्ट देखाएमा क्वरेण्टीन बस्न नपर्ने पनि उहाँले जानकारी दिएका छन् । सरकारको नयाँ नियममा वैदेशिक रोजगारीमा रहेर स्वदेश फर्कने नेपाली र पर्यटकलाई निकै सहज हुनेछ । यो नियम लागू भएसँगै नेपालमा पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको व्यवसायीले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति