वसन्तपूरमा रंगकाे पर्व होलीको विशेष साईत सहित तयारी

काठमाडाै, २५ फागुन । असत्य माथी सत्यको जितको स्वरुप खेलिने हाेली भाेली फागुन २६ बाट सुरु हुने भएकाे छ ।

काठमाडाैकाे वसन्तपूरमा हाेलीकाे आठ दिन अगाडि चिरोत्थान उठाउने कार्यक्रम पश्चात हाेली सुरू हुने मान्यता रहेकाे छ । चिराेत्थानकाे साइत फागुन २६ गते बिहिवार बिहान ७ः२७ बजे रहेकाे छ । फागुन ३ गते पहाड तथा ४ गते तराई हाेली परेकाे छ । चिरन्मोलन (चिर ढाल्ने) भने फागुन ४ गते बिहान ४ः२९ बजे र चिरदाहा (जलाउने) बिहान ५ः२७ बजेकाे कार्यक्रम रहेकाे छ। चिराेत्थानका लागि विशेष चिर एक मानन्धर समुदायद्वारा निर्माण हुने गर्दछ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ । विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रहलाद घटना क्रम सँग सम्वन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्रीकृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासले वयान गर्दछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति