एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं, २४ फागुन ।  सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्।०७४ को स्थानीय तह चुनावमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेर जितेका थिए। काठमाडौं, २४ फागुन । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्।०७४ को स्थानीय तह चुनावमा उनी नेकपा एमालेबाट उम्मेदवार बनेर जितेका थिए।

अध्यक्ष क्षेत्री आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्। उनलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन्।एमाले सिन्धुपाल्चोकका नेताहरू कृष्ण क्षेत्री, सुवास कर्माचार्यगायत पनि कांग्रेस प्रवेश गरेका छन्।

गाउँपालिका अध्यक्ष क्षेत्री एमाले सिन्धुपाल्चोक जिल्ला अध्यक्षका आकांक्षी थिए। एमालेले उनलाई अध्यक्ष नबनाएपछि उनी असन्तुष्ट थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति