भक्तपुरमा घाँटी काटिएको अवस्थामा भेटियो महिलाको शव

काठमाडौं, २४ फागुन । भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको राखेको अवस्थामा महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका– ७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र अन्दाजी ३५ वर्षीया महिलाको शव परालले छोपेर राखेको अवस्थामा फेला परेको हो ।

मृतक महिलाको पहिचान खुल्न नसकेको भक्तपुरका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए । महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागहरुमा समेत काटेको चोटहरु देखिएको साथै महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको उनले बताए ।

घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति