माओवादी केन्द्रको केन्द्रीय समितिबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणा स्वीकार

काठमाडौँ, २३ फागुन । माओवादी केन्द्रको केन्द्रीय समितिले एमसीसी सम्झौता पारित गर्ने क्रममा प्रतिनिधिसभाबाट पारित गरिएको व्याख्यात्मक घोषणा अनुमोदन गरेको छ । पार्टीभित्र एमसीसी सम्झौता पारित गरेको विषयलाई लिएर जारी विवादको असर कार्यकर्तामा नपरोस् भनेर माओवादीले अपिल पनि सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सोमबार सकिएको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘एमसीसीलाई लिएर जो समस्या देखा परेको छ, मिडियामा अतिरञ्जित प्रचारहरु पनि देखिएको थियो । तर हामीले धैर्यतापूर्वक, रचनात्मक ढंगले समाधान गर्‍यौं र पार्टीलाई एकतावद्ध गरेका छौं ।’ बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनबारे नेताहरुलाई फरक मत राख्न दिने र स्थानीय चुनावपछि २० जेठमा बस्ने केन्द्रीय समिति बैठकमा छलफल गर्ने सहमति भएको छ । अब पार्टी एउटै कार्यक्रम लिएर आफूहरु चुनावमा जाने प्रचण्डले बताएका छन् । काठमाडौंमा सोमबार सकिएको केन्द्रीय समितिको बैठकले एमसीसीबारे बाहिर समान धारणा राख्ने र पार्टी कमिटीमा फरक धारणा लिएर छलफल गर्ने निर्णय गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । एमसीसीबारे पार्टी केन्द्रले अपील निकाल्ने निर्णय गरेको छ । एमसीसीबारे २०७९ जेठ २० गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल गर्ने निर्णय पनि भएको छ,ती केन्द्रीय सदस्यले भने ।

पार्टीभित्रका मतभेदमा आन्तरिक रूपमा नै छलफल गर्ने र समाधानको बाटोमा जाने निर्णय लिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय भएको माओवादीका केन्द्रीय सदस्यले जानकारी दिए ।त्यस्तै, माओवादीले केन्द्रीय समितिबाट स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम पनि तय गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति