युट्युबमार्फत पीडितको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ


काठमाडौँ, फागुन २३ । पीडितको चरित्र हत्या गर्ने सेलेब नेपाल नामक युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् ।

पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गर्ने गुल्मीको भनभने घर भइ बुटबल बसेर युट्युब च्यानल चलाउने राहुल थापालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाण्डौबाट पाँच दिनको म्याद थपको अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

यस्तै फेसबुकमा नाबालिकाको अश्लील तस्बिर र अश्लील स्टाटस फेसबुकमा अपलोड गरेर उनको चरित्र हत्या गर्ने ललितपुरका विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति