पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं, २३ फागुन । पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७६ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति