हतियार बोकेर गाउँ डुल्छन् गाउँपालिका अध्यक्ष बस्नेत, नागरिकहरूमा त्रास

काठमाडौं, २३ फागुन । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् र उनको आलोचना भइरहेको छ ।‘उहाँ जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्नुहुन्छ’, एक जनप्रतिनिधिले भने, ‘हामीले त्यस्तो नगर्नुस् भन्दा मान्नु हुन्न ।’ अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

‘उहाँले बोक्नु भएको बन्दुक लाइसेन्स प्राप्त बन्दुक हो । उहाँले नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘लाइसेन्स भएका बन्दुक केही क्षेत्रमा मात्रै बोक्न पाइन्छ । तर सार्वजनिकरुपमा बोकेर हिँड्न पाइदैन ।’ उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति