भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार

काठमाडौं, २२ फागुन । भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।रसायन प्रहार गरेको अभियोगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले बताए ।रसायनका कारण घाइते महिलालाई कीर्तिपुर अस्पतालमा पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति