काठमाण्डौ, २२ फागुन । सुनकाे मुल्य एक लाख बढी पुगेका बेला नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै दैनिक दश किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ ।
सुन आयातकै लागि ठूलो रकम विदेशीदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर दश किलोमा झारेको हो । व्यवसायीले सुन आयातको कोटा बढाइदिन आग्रह भईरहेका बेला राष्ट्र बैंकले भने उल्टै काेटा घटाएको हो ।

प्रतिक्रिया