युक्रेनको आणविक प्लान्टमा आगलागी, तत्काल कदम चाल्न विश्वलाई जेलेन्स्कीको आग्रह

काठमाडौँ, २० फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताए । उनले विश्व समुदायसँग सहयोगको अपिल गरेका छन् । ट्विटरमा पोस्ट गरिएको एक भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताएको बीबीसीले जनाएको छ । रुसी बलले जानीबुझी आणविक पावर प्लान्टलाई निसाना बनाइरहेको जेलेन्स्कीले भनेका छन्। उनले सन् १९८६ मा चेर्नोबिल आणविक घटनाबारे उल्लेख गर्दै जापोरिज्याको आणविक प्लान्टमा केही घटना भए त्यसको नतिजा नराम्रो हुने बताए । ‘युरोपका नागरिक कृपया जाग्नुहोस्, रुसी बलले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिहेकोबारे आफ्ना नेताहरूलाई भन्नुहोस्’, जेलेन्स्कीले भनेका छन् । आफू अमेरिका, बेलायत र ईयूका नेताहरूको सम्पर्कमा रहेका उनले बताए छ । साथै जेलेन्स्कीले इन्टरनेशनल एटमिक इनर्जी एजेन्सी (आईएईए) सँग पनि कुराकानी भएको उल्लेख गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति