पर्सा कांग्रेस सभापतिमा सिंह

काठमाडौँ, २० फागुन । कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन् । ४ सय ६५ मतले सिंहले निकटतम प्रतिद्वन्दी श्याम पटेललाई पराजित गरेका हुन् ।

सिंहले एक हजार एक सय दस मत प्राप्त गरेका हुन् । पटेलले ६ सय ४५ मत ल्याएका छन् । पदाधिकरीमा सिंहकै प्यानल विजय भएको छ । निर्वाचन कार्यालयले आधिकारिक घोषणा गर्न बाँकी छ । बिहीबार भएको मतदानमा १७ सय ७९ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति