वीरगञ्ज १९ फागुन । नेपाली काग्रेस जिल्ला कमिटी पर्साको नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ। नेपाली कांग्रेस पार्टीको १४ अधिवेशनबाट जिल्लाको नयाँ नेतृत्व चयनका लागि वीरगंज महानगरपालिकाको आदर्शनगर स्थित रहेको बालमन्दिरको मैदानमा मतदान शुरु भएको हो। नेपाली काग्रेस पर्साको नयाँ नेतृत्वको लागि दुई समूहको सभापतिको लागि प्रतिस्प्रर्धामा उत्रिएका छन् ।
नेपाली काग्रेसका संस्थापक पक्षवाट जनार्दन सिंह क्षेत्री रहेका छन् भने संस्थापक इतरबाट श्याम पटेल चुनावी मैदानमा उत्रिएका हुन । काग्रेस पार्टी संस्थापक पक्षका नेता केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया , र पुर्व सभापति सुरेन्द्र चौधरीको गुटवाट जिल्लाका विकास समितिका पुर्व सभापति क्षेत्री उम्मेदवार बनेका छन् भन्ने संस्थापक इतरबाट संविधान सभा सदस्य राजेन्द्र बहादुर अमात्य , र निबर्तमान सभापति अजय दुबेदीको गुटवाट निवर्तमान जिल्ला सचिव पटेल ऊम्मेदवार बनेका छन्। क्षेत्रीको प्यानलबाट जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा दिनेश चौधरी र इम्तियाज आलम र सहसचिवमा नविन सिँह र मदन प्रसाद यादवको उम्मेदवारी परेको छ । पटेलको प्यानलबाट उपसभापतिमा राजु गुप्ता र डाक्टर कृपासिन्धु चौधरी, सचिवमा विश्वराज घिमिरे र वीरेन्द्र यादव र सहसचिवमा दिलिपराज कार्की र रुक्मान अन्सारीले उम्मेदवारी दिएका छन् । निर्वाचन शुरु हुदा पहिला नै एकजना ईच्छाका व्यक्तिले एकजनालाई मात्र मत दिने प्रक्रियामा दुबै प्यानल बिच सहमति नभएको कारणले निर्वाचन रोकिएको थियो ।त्यसपछि दुबै पक्षका उम्मेदवार बिच सहमति भएपछि १ बजे दखी निर्वाचन शुरु भएको हो।

निर्वाचनमण्डलका अनुसार बेलुका ६ बजे सम्म ५० प्रतिशत मत खसेको छ। ७ जना पदाधिकारी सहित ६८ सदस्यीय जिल्ला कार्य समितिको प्रतिस्पर्धाका लागि १ हजार ८ सय मतदाता रहेको निर्वाचन अधिकृत नरेन्द्र केसीले जानकारी दिए । दुबै पक्षका उम्मेदवार बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
प्रतिक्रिया