काठमाडौं, १९ फागुन । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदानगर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार युवा नेता धिरज उपरकोटीले प्राप्त गरेका छन् ।
नेपाल सरकारबाट प्रदान गरिने उक्त पुरस्कार यस वर्ष उपरकोटीलाई प्रदान गरिएको हो । विभिन्न विधामा योगदान पु¥याएका १२ जना युवा र युवाका क्षेत्रमा क्रियाशील १ संस्था पुरस्कारका लागि छनोट भएका छन् । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय रूपमा योगदान पु¥याएका उदाहरणीय युवा र संस्थालाई सम्मान गर्ने गरेको छ ।

प्रतिक्रिया