युक्रेनमा झण्डै ५ सय रुसी सैनिक मारिए : रुसी रक्षा मन्त्रालय

काठमाडौं, १९ फागुन । रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना झण्डै ५ सय सैनिक मारिएको जानकारी दिएको छ ।मन्त्रालयले गत बिहीबार सैन्य कारबाही सुरु भएयता ४९८ जना रुसी सैनिक मारिएको बताएको छ । त्यस्तै, एक हजार ५९७ सैनिक घाइते भएको मन्त्रालयको भनाइ छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको हो ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गरेका थिए । तर बुधबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले आफ्नो सेनातर्फ ठूलो क्षति भएको भनेर आएको उक्त समाचारलाई ‘दुष्प्रचार’ (डिसइन्फर्मेशन) भनेका छन् ।‘विशेष सैन्य कारबाही’का क्रममा मारिएका सैनिकका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गरिने पनि प्रवक्ता कोनाशेन्कोले बताए ।

उनका अनुसार रुसी कारबाहीमा दुई हजार ८७० जना युक्रेनी सैनिक मारिएका र तीन हजार ७०० जना घाइते भएका छन् ।तर यसबारे युक्रेनका अधिकारीले कुनै प्रतिक्रिया दिएका छैनन् भने युक्रेनी सेनातर्फ भएको भनेर रुसले दिएको विवरण हालसम्म पुष्टि हुन सकेको छैन ।

युक्रेनमा रुसको सैन्य कारबाहीमा परी मानवीक्ष क्षति समेत भएको छ । बिहीबार राष्ट्र संघको मानव अधिकार कार्यालयले २२७ जना सर्वसाधारणको ज्यान गएको र ५२५ जनाको मृत्यु भएको बताएको छ ।यता शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले १० लाख युक्रेनीले देश छाडेर छिमेकी मुलुक गएको बताएको छ । एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति