बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं, १९ फागुन । अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएयता सत्ता गठबन्धनका दलबीच पहिलोपटक आज बिहीबार बैठक बसेको छ।

बैठक केही बेरअघि प्रधानमन्त्रीको निवास (बालुवाटार) मा सुरु भएको हो। बालुवाटार स्रोतका अनुसार एमसीसी प्रतिनिधि सभाबाट पारितपछिको परिस्थिति, आगामी बाटो, स्थानीय निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेका हुन्। जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति