काठमाडौं, १८ फागुन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन ९एन प्याब्सन०को सातौँ महाअधिवेशनमा वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा वर्तमान महासचिव न्यौपानेले घोषणा गरेका हुन । यही फागुन २२ देखि २३ गते दुई दिनसम्म बाँकेको नेपालगन्जमा आयोजना हुने सातौँ राष्ट्रिय महाअधिवेशनमा निजी विद्यालयलाई सुदृढ र संगठित बनाउन आफूले उम्मेदवारी घोषणा गरेको जानकारी गराए न्यौपानेले उम्मेदवारी घोषणासँगै १३ बुँदे धारणा सार्वजनिक समते गरेका छन् । उनले निजी विद्यालयको हक हित संरक्षण गर्न, सीपमूलक र जीवनोपयोगी शिक्षा उपलब्ध गर्न, निजी विद्यालयको समस्या र शैक्षिक मुद्दालाई तार्किक ढंगले अघि बढाउन सेवामूलक र व्यावसायिक संस्थाको रूपमा विकास गर्न, संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ताको हक हित संरक्षण गर्न आफूले उम्मेदवारी घोषणा गरेको दावी गरे ।
उनले निजी र सामुदायिक शैक्षिक संस्थाहरूबिचको सम्बन्धलाई पथ मजबुत बनाउन, शिक्षण सिकाइलाई व्यावसायिक विकासमा आबद्ध गराउन, राज्यप्रति दायित्व बढाउन, प्राकृतिक प्रकोप र अन्य विपद् पर्दा स्थापना गरिएको प्राकृतिक विपद् कोषलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न आफूले उम्मेदवारी दिएको बताए । उनी लामो समयसम्म एन प्याससनको उपल्लो पदमा बसिसकेको हैसियतमा आफू अध्यक्षको उम्मेदवारका लागि योग्य भएको बताए ।
एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले महाअधिवेशनमा देशभरका २ हजार ५ सय ६२ विद्यालयबाट करिब १ हजार ५ सय प्रतिनीधि सहभागिता जनाउने बताउनुभयो । महाअधिवेशनले ११ पदाधिकारी सहित ३५ जनाको कार्यसमिति चयन गर्नेछ । अध्यक्ष सापकोटाले सबैको सहमतिमा नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल भैसकेको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा पुर्व अध्यक्ष एवं प्रमुख सल्लाहका कर्ण बहादुर शाही, उपाध्यक्ष श्यामसिंक मौली र कोषाध्यक्ष प्रताप थापाले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएका न्यौपानेलाई शुभकामना दिएका थिए ।
प्रतिक्रिया