धितोपत्र बोर्डका अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन–कतैबाट प्रभावित भएर काम नगर्नू

काठमाडौं, १८ फागुन । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् ।

बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष हमाललाई यस्तो निर्देशन दिएका हुन् ।कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले निर्देशन दिए । ‘पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा पर्‍यो भने संस्थाको काम हुँदैन,’ अध्यक्ष हमालको नाम नै तोकेर उनले भने, ‘पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।’अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलाई पनि बजारलाई पारदर्शी बनाएर कारोबार गराउन निर्देशन दिए ।

रियल डाटा पाउने र दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गराउन उनले निर्देशन दिए ।नेप्से सेयर बजारको अग्रपंक्रिको नियामक हो भने बोर्ड समग्र पूँजी बजारकै नियामक निकाय हो । यी दुवै निकायले समन्वय गरेर काम गर्नु पर्ने अर्थमन्त्रीको भनाइ छ ।

उनले समग्र बजारका हितका लागि र यो बजारबाट उत्पादनशील क्षेत्रमा लगानी बढाउन मद्धत पुग्नुपर्ने बताए । हरेक वर्ष १८ खर्ब रुपैयाँ लगानीका लागि आवश्यक पर्ने भन्दै पूँजी बजारबाट लगानीको वातावरण बनाउनु पर्ने बताए । यसका लागि बोर्ड र नेप्सेले काम गर्नुपर्ने उनको भनाइ छ ।नियामक निकाय हुँदाहुँदै अर्थमन्त्रालयका कारण समस्या भयो भन्ने गुनासो आफूले सुन्न नचाहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति