विराटनगर, १८ फागुन । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए ।‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन,’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।
’उनले विधि प्रक्रिया विपरीत एमसीसी पास गरेको गुनासो गरे । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै उनले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताए ।एमसीसीका कारण पार्टी भित्रपनि विरोध भएको उनले बताए ।
प्रतिक्रिया