युक्रेन , १८ फागुन । रुसले गरेको आक्रमणमा परी युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । उक्त आक्रमणमा भएको जनक्षति बारे जानकारी खारकिभका मेयरले अन्तराष्ट्रिय सञ्चार माध्यमलाई दिएका थिए ।
यद्यपि खरकिभ क्षेत्र स्टेट एड्मिनिस्ट्रेसनका गभर्नर ओलेग सिनेगुबोभनेले मंगलबार रातभर भएको बमबारीका बाबजुद युक्रेनले सबै रुसी आक्रमण असफल पारेको साथै पुनः युक्रेनले उक्त सहरमा आफ्नो नियन्त्रण हासिल गरेको दाबी गरेका छन्। ‘रुसी दुश्मनले ठूलो नोक्सानीको सामना गरेको छ।’ सिनेगुबोभनेले बताए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसी सैनिक सहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेका हुन्।
यसअघि खारकिभ सहरको प्रहरी विभागको भवनमा रुसले रकेट आक्रमण गरेको थियो। युक्रेन सरकारको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा उक्त भवनबाट आगोको मुस्लो आइरहेको देख्न सकिन्छ । युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टन गेरासेचेन्कोले आक्रमणपछि कराजडिन नेशनल युनिभर्सिटीको भवनमा पनि आगलागी भएको उल्लेख गरिएतापनि अहिलेसम्म यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
प्रतिक्रिया