काठमाडौं, १६ फागुन । उपत्कासहित देशका धेरै ठाउँमा घाम लागेको छ ।आज दिनभर नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन ।
उनकाअनुसार हिउँदयाम लगभग सकिएकाले अब बिहानैदेखि घाम लाग्ने छ । आज प्रदेश–१ तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । तर, तकाल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अब बिस्तारै गर्मी अझै बढ्दै जाने छ भने प्रि(मनसुनका गतिविधि पनि सुरु हुनेछन् । प्रि(मनसुनमा हावाहुरी चल्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने हुन्छ ।
प्रतिक्रिया