एमसिसीको व्याख्यात्मक टिप्पणीमा अमेरिकाको ‘ग्रिन सिग्नल’

काठमाडौं, १५ फागुन ।  नेपालको मन्त्रिपरिषद र संसदले पारित गर्न लागेको अमेरिकी सहयोग परियोजना एमसिसी र यसको व्याख्यात्मक टिप्पणीमा अमेरिकाले पनि ‘ग्रिन सिग्नल’ दिएको छ।व्याख्यात्मक टिप्पणीको मस्यौदा शनिबार अनौपचारिक रूपमा काठमाडौंस्थित राजदूतावासमार्फत् अमेरिकालाई पठाइएको थियो।

दूतावासले हिजो नै उक्त मस्यौदा वासिङ्टन डिसी पठाएको थियो। मस्यौदा पाएपछि अमेरिकीहरूले आज बिहान सात बजेसम्ममा खबर गर्ने बताएका थिए।

केही साना प्राविधिक कुरामा टिप्पणीसहित अमेरिकाले आज बिहानै सो मस्यौदामा ग्रिन सिग्नल पठाएको छ। ‘यो हामीले अन्तर्राष्ट्रिय सन्धीमा गरिने प्रचलनअनुसार एक पक्षीय रूपमा व्याख्यात्मक टिप्पणी लेख्न लागेका हौं। तर पनि त्यसमा अमेरिकीहरूको आपत्ति नहोस् र उनीहरूको पनि सहमति रहोस् भनेर मस्यौदा उनीहरूसँग सेयर गरेका हौं,’ एक नेताले भने।संसदबाट व्याख्यात्मक टिप्पणी पारित गरेपछि यसको औपचारिक जानकारी पनि नेपालले अमेरिकालाई दिनुपर्छ। सत्तारूढ गठबन्धनले आइतबार बिहान एमसिसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ।एमसिसी अमेरिकी सैन्य रणनीतिको अंग होइन, यो नेपालको संविधान र कानुनभन्दा माथि हुनेछैन, यसको लेखा परीक्षण नेपालमै हुने छलगायत विषयहरू समेटेर सरकारले एमसिसीमा व्याख्यात्मक टिप्पणीको प्रस्ताव ल्याउन लागेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति