दुई घन्टा अघि नै बानेश्वर पुगे कांग्रेस सांसदहरू

काठमाडौं, फागुन १५ । सत्तारूढ नेपाली कांग्रेसका सांसदहरू संसद भवन नयाँ बानेश्वर पुगेका छन्।आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक राखे पनि दुई घन्टा अघि नै सांसदहरू बानेश्वर पुगेका छन्।

कांग्रेस संसदीय दलले ११ बजे संसद भवन पुग्न निर्देशन दिएको थियो।११ बजेभित्रै संसद भवन पुग्न पार्टीले भनेअनुसार आफूहरू बानेश्वर आएको कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले जानकारी दिए। आज प्रतिनिधि सभा बैठकमा एमसिसीबारे छलफल हुँदैछ। सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने तयारी गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति